The official website for the Karnali Pradesh Loksewa Aayog (Province Public Service Commission, karnali Pradesh) is https://ppsc.karnali.gov.np/,
where you can access information on upcoming exams, job openings, results, recommendations, online applications, syllabuses, news, etc.
नेपालको संविधानको धारा २४४ को उपधारा (१) मा रहेको व्यवस्था अनुसार प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश सभा सेवा, प्रदेश अन्य सरकारी सेवा, प्रदेश संगठित संस्थाको सेवा र स्थानीय सेवाको पदमा उपयुक्त उम्मेदवार छनौटमा स्वच्छता तथा निष्पक्षता कायम गरी योग्यता प्रणालीलाई प्रवर्द्धन गर्दै सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ र सेवामुखी बनाउने उद्देश्यका साथ कर्णाली प्रदेशको प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ३ वमोजिम प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेश गठन भएको हो।
कर्णाली प्रदेशमा मिति २०७७ साल फागुन ६ गते प्रदेश लोक सेवा आयोगका अध्यक्ष तथा सदस्यज्यूहरुको नियुक्तीसमेत भई आयोगले पूर्णता पाएको छ। आयोगको कार्य सञ्चालन तथा व्यवस्थापनको लागि वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ मिलनचोक, सुर्खेतमा आयोगको कार्यालय स्थापना भएको छ ।
आयोगको काम, कर्तव्य र अधिकार
प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ६ ले प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहने व्यवस्था गरेको छः
१. प्रदेश सेवाको पदमा कर्मचारी नियुक्तिका लागि उपयुक्त उम्मेदवारको छनौट गर्न परीक्षा सञ्चालन गर्नु आयोगको कर्तव्य हुनेछ।
२. प्रदेश प्रहरी सेवाको पदपूर्तिका लागि लिइने लिखित परीक्षा आयोगले सञ्चालन गर्नेछ।
३. प्रदेश प्रहरी सेवाको पदमा नियुक्ति र बढुवा गर्दा अपनाउनु पर्ने सिद्धान्तको विषयमा आयोगको परामर्श लिनु पर्नेछ।
४. प्रदेश सेवाको पदमा नियुक्ति, बढुवा र विभागीय कारबाही गर्दा अपनाउनु पर्ने सिद्धान्तको विषयमा आयोगको परामर्श लिनु पर्नेछ।
५. प्रदेश सेवाको पदमा आयोगको परामर्श विना स्थायी नियुक्ति गरिने छैन।
६. देहायका विषयमा आयोगको परामर्श लिनु पर्नेछः-
(क) प्रदेश सेवाको शर्त सम्बन्धी कानूनको विषयमा,
(ख) प्रदेश सेवाको पदमा छ महिना भन्दा बढी समयका लागि नियुक्ति गर्दा उम्मेदवारको उपयुक्तताको विषयमा,
(ग) कुनै एक प्रकारको प्रदेश निजामती सेवा वा स्थानीय सरकारी सेवाको पदबाट अर्को प्रकारको प्रदेश निजामती सेवा वा स्थानीय सरकारी सेवाको पदमा वा प्रदेश अन्य सरकारी सेवाबाट प्रदेश निजामती सेवा वा स्थानीय सरकारी सेवाको पदमा सरुवा वा बढुवा गर्दा उम्मेदवारको उपयुक्तताको विषयमा, र
(घ) प्रदेश निजाती सेवाका कर्मचारीलाई दिइने विभागीय सजायको विषयमा।
Kathmandu, Nepal
Pokhara
Chamati, Kathmandu
Trade Tower, Thapathali, Kathmandu
Putalisadak, Kathmandu
Putalisadak, Kathmandu, Nepal
Kathmandu
Kathmandu
Khusibun, Kathmandu, Nepal